PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बाबुरामको बौद्धिकताको प्रशंसा गर्दै प्रचण्डले भने, 'हामी एउटै मोर्चामा छौं, शहीदहरुले पनि अलग हुन दिँदैनन्'



बाबुरामको बौद्धिकताको प्रशंसा गर्दै प्रचण्डले भने, 'हामी एउटै मोर्चामा छौं, शहीदहरुले पनि अलग हुन दिँदैनन्'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई आफूहरुसँगै एकै मोर्चामा रहेको बताएका छन्। जनयुद्ध दिवसको अवसरमा बालुवाटारस्थित ब्याङ्क्वेटमा बाबुरामको पुस्तक 'गुमनाम आमाहरुको कथा' विमोचनमा प्रचण्डले यस्तो बताएका हुन्। 

'बावुराम र हामी एउटै मोर्चामा छौ। मुद्दा एउटै भएकाले। हजारौ शहिदहरुले अलग हुन पनि दिदैनन्,' प्रचण्डले भने, 'इतिहासलाई समिक्षा गरेर मोर्चाका लागि संकल्प गर्ने रुपमा पनि बुझेका छौ।'

बाबुरामको बौद्धिक र भावनात्मक क्षमताबारे आफू जानकार रहेको उल्लेख गर्दै जिउँदा मानिसका लागि चिहानबाट कंकाल मानिसलाई निकालेर ल्याउनेसमेत बताए। उनले भने, 'सामाजिक क्रान्तिका निम्ति शहीद हुन्छन् त्यसलाई राज्यले अवहेलना गर्छ। दमन गर्छ। तर बाँकी मानिसले कंकाल मानिसलाई निकालेर जिउँदा मानिसका लागि ल्याउने छौं।'

थुप्रै चिहानको उत्खनन् गरिनेसमेत उनले बताए। उनले भने, 'थुप्रै चिहानको उत्खनन् गरेका छौं। फेरि पनि गर्ने छौं।'
संविधान पूर्ण नभएको उल्लेख गर्दै यसको दुईपटक संशोधन भइसकेको प्रचण्डको भनाई थियो। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानको मुल मर्ममाथि प्रहार गरेको आरोप लगाए।

'संविधान हाम्रो पूर्ण छैन। हामीले जस्तो सोचेका थियौ। तर समावशी लोकतन्त्रको राम्रो प्रस्तुति छ। यो संविधानलाई संसोधन गर्नु पर्छ भनेर दुइपटक भइपनि सकेको छ,' उनले भने, 'तर अहिले संविधानको मूल मर्माथि प्रहार भएको छ।' आजको दिन संविधानको रक्षाको लागि संकल्प गर्ने दिन पनि भएको प्रचण्डको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell