PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वर्षेनी बढ्दै आत्महत्या : प्रदेश नम्बर १ मा सबैभन्दा धेरै



वर्षेनी बढ्दै आत्महत्या : प्रदेश नम्बर १ मा सबैभन्दा धेरै

काठमाडौं : काठमाडौं उपत्यकाभित्र भएका आत्महत्याका घटना धेरै चर्चामा आउँछन्। जसले गर्दा धेरै आत्महत्या काठमाडौंभित्र नै हुन्छ कि के हो भन्ने अनुमान धेरैको हुन सक्छ। तर पछिल्लो समय यस्ता घटना प्रदेश नम्बर १ मा धेरै हुने गरेको देखिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कअनुसार आर्थिक वर्ष  २०७६/७७ मा ६ हजार २ सय ४१ वटा आत्महत्याका घटना भएका छन्। जसमा प्रदेश नम्बर १ मा एक हजार ३ सय ३७ वटा आत्महत्याका घटना भएका छन्। काठमाडौं उपत्यकाभित्र भने ५ सय ४६ वटा घटना छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा ३ सय ८६ वटा, सुदूरपश्चिम प्रदेशमा ५ सय ४४ वटा आत्महत्याका घटना भएको देखिन्छ।

सोही समयमा प्रदेश नम्बर २ मा ८ सय ८ वटा, बागमती प्रदेशमा ९ सय २९ वटा, गण्डकीमा ५ सय ९० वटा  र ५ नम्बर प्रदेशमा १ हजार २ सय १ वटा भएको देखिन्छ।

आर्थिक वर्ष २०७५/७६ मा देशभर ५ हजार ७ सय ५४ वटा आत्महत्याका घटना दर्ता भएका थिए। जसमा पनि १ नम्बर प्रदेशमा नै सबैभन्दा धेरै आत्महत्या भएको देखिन्छ। १ हजार २ सय ३६ वटा घटना प्रदेश नम्बर १ मा भएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा २ सय ४७ वटा घटना भए। सबैभन्दा धेरै जनसङख्या रहेको काठमाडौं उपत्यकाभित्र भने ५ सय ३० वटा घटना भएका छन्। २ नम्बर प्रदेशमा ७ सय १० वटा, बागमतीमा ८ सय २० वटा, गण्डकीमा ६ सय २७ वटा घटना भएको देखिएको छ। सुदूरपश्चिममा ४ सय ७१ वटा आत्महत्या हुँदा ५ नम्बर प्रदेशमा भने १ हजार १ सय १३ वटा भएको देखिन्छ। यो आर्थिक वर्षमा सबैभन्दा धेरै मानिसले झुन्डिएर आत्महत्या गरेका छन्। त्यसो त धेरैजसोले झुन्डिएर नै आत्महत्या गरेको देखिन्छ। त्यस बाहेक विष सेवन गरेर, हाम फालेर, आगो लगाएरसमेत मृत्यु रोज्ने गरेको देखिएको छ।

आर्थिक वर्ष २०७४/७५ मा पनि प्रदेश नम्बर १ मा नै धेरै आत्महत्या भएको छ। देशभर ५ हजार ३ सय १७ वटा आत्महत्या हुँदा प्रदेश नम्बर १ मा १ हजार १ सय ६ वटा घटना भएका छन्। सबैभन्दा कम आत्महत्या हुने प्रदेशमा कर्णाली प्रदेश रहेको छ। २ सय  ४० वटा घटना यस प्रदेशमा भएका छन्। उपत्यकाभित्र भने  ५ सय ४ वटा आत्महत्या भए। प्रदेश २ मा ६ सय १२ वटा घटना भएको प्रहरीको तथ्याङकले देखाएको छ। त्यसै गरी बागमती प्रदेशमा ७ सय ८१ वटा छन्। गण्डकी प्रदेशमा ५ सय १७, पाँच नम्बर प्रदेशमा १ हजार ८७ वटा र सुदरपश्चिममा ४ सय ७० वटा छन्।

चालु आर्थिक वर्षको ६ महिनाभित्र ३ हजार ४ सय ६५ वटा आत्महत्या भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell