PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

नेफ्टा अवार्ड २०७७ को मनोनयन सार्वजनिक



नेफ्टा अवार्ड २०७७ को मनोनयन सार्वजनिक

काठमाडौं : १० औं नेफ्टा अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेफ्टाले २०७५ सालमा प्रदर्शनमा आएका फिल्महरुबाट ३० बढि विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको हो। गत साल कोरोनाका कारण अवार्ड शो रोकिएका कारण यो वर्ष २०७५ सालमा प्रदर्शन भएका उत्कृष्ट फिल्मलाई सम्मानित गर्न लागिएको हो।

कार्यक्रममा ३१ विधामा प्रतिस्पर्धामा परेका फिल्म तथा फिल्मकर्मीहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो।

१० औं नेफ्टा अवार्डमा सर्वाधिक १३ विधामा फिल्म प्रसाद मनोनयनमा परेको छ। यस्तै फिल्म 'ए मेरो हजुर ३' ११ र 'छक्का पञ्जा ३' १० विधामा मनोनयनमा परेको छ।

यहि फागुन २९ गते आयोजना हुने अवार्ड कार्यक्रममा उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा प्रसाद, रोमियो एण्ड मुना, हरी, कथा काठमाडौ र 'छक्का पञ्जा ३' परेका छन्। उत्कृष्ट निर्देशकको प्रतिस्पर्धामा 'प्रसाद'बाट दिनेश राउत, 'रोमियो एण्ड मुना' बाट नरेशकुमार केशी, रामकहानीबाट सुदर्शन थापा, 'छक्का पञ्जा ३' बाट दीपाश्री निरौंला र 'ए मेरो हजुर ३' बाट झरना थापा प्रतिस्पर्धामा छन् ।

उत्कृष्ट अभिनेतातर्फ विपिन कार्की प्रसाद, विनय श्रेष्ठ, रोमियो एण्ड मुना, विपिन कार्की हरी, खगेन्द्र लामिछाने 'डमरूको डण्डिबियो' र अनमोल केसी 'ए मेरो हजुर ३' प्रतिस्पर्धामा रहँदा उत्कृष्ट अभिनेत्रीतर्फ 'प्रसाद'बाट नम्रता श्रेष्ठ, 'रोमियो एण्ड मुना'बाट सृष्टि श्रेष्ठ, साइँलीबाट मेनुका प्रधान, 'रामकहानी'बाट पूजा शर्मा र 'छक्का पञ्जा ३' बाट दीपिका प्रसाइँ प्रतिस्पर्धामा छानिएका छन् ।

चलचित्रकर्मीको वास्तविक सम्मान भन्ने नारासहित आयोजना हुन लागेको अवार्डमा नेफ्टासँग ड्रिम हाइ नेपालले सहकार्य गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell