PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

'फुलबुट्टे सारी' को लेजेन्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठ



'फुलबुट्टे सारी' को लेजेन्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठ

'फुलबट्टे सारी' गीतको लेजेन्डरी भर्सन पनि आउने भएको छ। जसमा कलाकार मदनकृष्ण श्रेष्ठले स्वर भरेका छन्।

राजन राज सिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल भर्सन, फिमेल भर्सन र बेबी भर्सनमा पनि आइसकेको छ।

 उक्त गीतको अपार सफलतापछि लेजेन्डरी भसर्न पनि ल्याउन लागेको राजनराज शिवाकोटीले बताए। भने ' उहाँको आवाजको फ्यान पनि हुँ म। उहाँलाई नि यो गीत खुब मन परेको रहेछ। जसकारण मैले लेजेन्डरी भर्सनको लागि उहाँलाई नै रोजे।'

अग्रज कलाकारसँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको शिवाकोटीले बताए।

कलाकार मदनकृष्ण श्रेष्ठले फेसबुक मार्फत फागुन ४ गते गीत सार्वजनिक हुने कुरा खुलाएका छन्। राजनराज शिवाकोटीले एउटा भर्सन गाउनुपर्छ भनेर आग्रह गरेपछि आफुले नर्कान नसकेको श्रेष्ठले बताए।

'शुरुमा गाउन सक्दिँन लागिरहेको थियो। तर पछि कोसिस गरें अनि गाउन सके' उनले सुनाए।

यहि २०७७ फाल्गुन ४ गते / तद्अनुशार February 16th श्रीपञ्चमीको दिनमा श्री राजन राज सिवाकोटीज्यूको शब्द र संगीतमा मेल...

Posted by Madan Krishna Shrestha on Thursday, February 11, 2021

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell