PahiloPost

Jul 3, 2024 | २० असार २०८१

म्यानमार 'कू' : कर्मचारी आन्दोलनमा सहभागी भएपछि निजी बैंक बन्द, सडकमा बख्तरबन्द गाडी



म्यानमार 'कू' : कर्मचारी आन्दोलनमा सहभागी भएपछि निजी बैंक बन्द, सडकमा बख्तरबन्द गाडी

म्यानमारमा सैन्य कू विरुद्ध हजारौं नागरिकहरु निषेधाज्ञा तोड्दै सडकमा ओर्लिएका छन्। सैन्य सरकारले नागरिकहरुलाई आन्दोलन नगर्न चेतावनी दिएपनि सडकमा धेरै संख्यामा प्रदर्शनकारीहरु देखिएको स्थानीय संचार माध्यमहरुले उल्लेख गरेका छन्।

सैन्य सरकार विरुद्ध नागरिक अवज्ञा आन्दोलनमा निजी क्षेत्रका कर्मचारीहरु समेत सहभागी भएका छन्। बैंकका कर्मचारीहरु पनि आन्दोलनमा सहभागी भएसँगै आजबाट निजी बैंकहरु बन्द भएका छन्। कर्मचारीहरुहरुले सैन्य सरकारको विरोध गर्दै अवज्ञा आन्दोलन गरेपछि बैंक बन्द गर्न संचालकहरु बाध्य भएका हुन्। यस्तै, निजी क्षेत्रका अन्य व्यापारिक केन्द्रहरु पनि बन्द भएका छन्।

विरोध प्रदर्शन बढ्दै गएपछि यागौंका सडकमा बख्तरबन्द गाडीहरु तैनाथ गरिएका छन्। प्रदर्शनकारीहरु प्रजातन्त्र पुन: स्थापना र सैन्य नियन्त्रणमा रहेका नेताहरुको रिहाइको माग गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell