PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशहरुले सर्वोच्चमा पेश गरे लिखित जवाफ



अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशहरुले सर्वोच्चमा पेश गरे लिखित जवाफ

काठमाडौं : अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायधीहरुले लिखित जवाफ पेश गरेका छन्।  पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की आफै रामशाहपथ स्थित सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका हुन्।

पूर्व प्रधानन्यायाधीशहरु रायमाझी, श्रेष्ठ  र कार्कीले संयुक्त रुपमा र शर्माले छुट्टै जवाफ सर्वोच्चमा पेश गरेका छन्।

चार जना पूर्व प्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति निकालेका थिए। अदालतमा विचाराधीन मुद्दामा बोलेर पूर्व प्रधानन्‍यायाधीशरुले सर्वोच्चको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको थियो।

माघ १५ गते न्यायाधीश डा मनोज शर्माको एकल इजलासले आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश प्रधानमन्त्री, पूर्व सभामुख र चार जना पूर्व प्रधान न्यायाधीशलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। प्रधानमन्त्री ओलीले 'बाजे वकिलको तामासा' भनेर दिएको अधिव्यक्ति, पूर्व सभामुख ढुंगानाको न्यायाधीश पनि तानेर सडकमा ल्याउनुपर्ने अवस्था आउन सक्छ भन्ने अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो।

न्यायाधीश डा मनोज शर्माको एकल इजलासले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्व प्रधान न्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई अवहेलना मुद्दामा एक साताभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell