PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

न्यायाधीशहरुलाई संविधान पढ्न आग्रह गर्दै 'बाजे वकिल'ले भने : श्रीमान न्याय चाहियो



न्यायाधीशहरुलाई संविधान पढ्न आग्रह गर्दै 'बाजे वकिल'ले भने : श्रीमान न्याय चाहियो

काठमाडौं : नेपालका जेष्ठ कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्रीका सबै कदम गलत भएको बताएका छन्।

जवाफी बहसका क्रममा आज संवैधानिक इजलासमा भण्डारीले सिफारिस, विघटनमा धारा थप्ने, राजपत्र प्रकाशित सबै काम झुटो भएको बताएका हुन्। उनले राजपत्र प्रकाशितको मितिलाई हेर्दा पहिला नै अविश्वासको प्रस्ताव दर्ता भएको समेत तर्क गरे।

भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीले 'बाजे वकिल' भनेपछि चर्चामा आएका थिए।

उनले इजलासमा अमेरिकाको वाटरगेट काण्डमा अदालतको निर्णयलाई स्मरण गरे। 'फ्रड' गर्दा अदालतले न्याय दिएको र सरकार तर्सिएको सुनाउँदै उनले भने 'श्रीमानबाट न्याय चाहियो।'

उनले संविधान पढ्न इजलासमा उपस्थित न्यायाधीशहरुलाई आग्रह समेत गरे।

प्रधानमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने खतरा रहेको भन्दै उनले त्यसलाई नियन्त्रण गर्न न्याय मागेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell