PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

निवेदकको जवाफी बहस सकियो, मंगलबारबाट एमिकस क्युरीले राय सुनाउने



निवेदकको जवाफी बहस सकियो, मंगलबारबाट एमिकस क्युरीले राय सुनाउने

काठमाडौं : प्रतिनिधिसभा विघटनको मुद्दामा निवेदकको जवाफी बहस सकिएको छ।

आज मेघराज पोखरेल, रमन श्रेष्ठ, मुक्ति प्रधान, शम्भु थापा, गोविन्द बन्दी, टिकाराम भट्टराई, कृष्णप्रसाद भण्डारी, सन्तोष भण्डारी, सरोजकृष्ण घिमिरे, कृतिनाथ शर्मा, सुरेन्द्र विक्रम केसी लगायतले जवाफी बहस गरेका थिए।

निवेदकहरुको बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलिबाट एमिकस क्यूरीले राय सुझाव सुनाउने निर्णय सुनाए।

एमिकस क्यूरीमा ५ जना सदस्य छन्।

यो हप्ताभित्र बहस सक्ने र त्यसपछि मुद्दा फैसला प्रक्रियामा जानेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell