PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

राष्ट्रपतिको सवारीले राजधानीका सडक अस्तव्यस्त, यात्रुलाई सास्ती

राष्ट्रपतिको सवारीले राजधानीका सडक अस्तव्यस्त, यात्रुलाई सास्ती


काठमाडौं : वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कदाँ राजधानीको सडक अस्तव्यस्त बनेको छ। राष्ट्रपति वसन्तपुर आउँदा राजधानीका सडकहरुमा सार्वजनिकदेखि निजी सवारीका यात्रीले सास्ती पाएका छन्।

त्रिपुरेश्वर क्षेत्रबाट सवारीलाई सुन्धारा क्षेत्रमा प्रवेश दिइएको छैन। यता बलाजु क्षेत्रबाट पनि रत्नपार्क क्षेत्रमा सवारी साधनलाई प्रवेश दिइएको छैन। ट्रफिक प्रहरीले सार्वजनिक सवारीलाई डाइभर्ड गर्न थालेपछि यात्रुहरु बीचैमा ओर्लँदै गन्तव्यतर्फ लागेका छन्।

शितल निवास, शिवपुरी स्कुल, बालुवाटार, बालाजु, गोगबु, लाजिम्पाट, टेकु, कालमाटी, रत्नपार्क लगायत क्षेत्रमा सवारीलाई केही समय निषेध गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell