PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

संवैधानिक इजलासमा एमिकस क्युरीको बहस सुरू



संवैधानिक इजलासमा एमिकस क्युरीको बहस सुरू

काठमाडौं : प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा एमिकस क्युरीका सदस्यले बहस सुरू गरेका छन्।

संवैधानिक इजलासमा वरिष्ठ बद्री बहादुर कार्कीले बहस सुरू गरेका छन्।

संवैधानिक इजलासलाई राय सुझाव दिन सर्वोच्च बार र नेपाल बारबाट ५ सदस्यीय एमिकस क्युरी गठन गरिएको छ।

एमिकस क्युरीलाई बहस गर्नका लागि इजलासले समय तोकेको छैन। इजलासमा सबैको सहमति नभएपछि विषयवस्तु अनुसार समय केन्द्रित भएर अघि बढ्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell