PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

तोकिएको मितिमा महाधिवेशन गर्न नसकेपछि केन्द्रीय समिति डाक्यो काँग्रेसले



तोकिएको मितिमा महाधिवेशन गर्न नसकेपछि केन्द्रीय समिति डाक्यो काँग्रेसले

काठमाडौं : नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति लगभग गुज्रिसकेको छ। यही फागुन ७ बाट राजधानीमा हुने भनिएको महाधिवेशन नहुने सुनिश्चित भएपछि काँग्रेसले आज केन्द्रीय समिति बोलाएको छ।

गएको वर्षको माघ १३ गते केन्द्रीय समितिले केन्द्रीय महाधिवेशनको मिति तोकेको थियो - फागुन ७ गतेका लागि। त्यसपछि पनि महाधिवेशनको मिति फेरबदल भयो। पुस ११ गते तोकिएको मितिमा केन्द्रीय महाधिवेशनको मिति यथावत थियो - बाँकी अधिवेशनको समय भने कात्तिकबाट मंसिरमा सरेको थियो।

विधानत: काँग्रेस सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल सकिसकेको छ। चार वर्षे कार्यकाल सकेर पनि पार्टी विधानको धारा ४३ को प्रयोग गरेर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपे। थपेको कार्यकाल पनि फागुन १९ गते सकिँदैछ।

गएको वर्षको पुस ११ गतेको केन्द्रीय समितिले धारा ४३ प्रयोग गर्दै निर्णय गर्‍यो - 'नेपाली कांग्रेसको तेह्रौ महाधिवेशन २०७२ फाल्गुण २०–२३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको र पार्टीको विधान अनुसार पार्टीको सबै तहका पदाधिकारी र सदस्यहरुको अवधि २०७६ फाल्गुण १९ गतेसम्म कायम रहेको छ।…त्यसैले नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि २०७६ फागुन २० गतेदेखि लागू हुने गरी २०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरिन्छ।'

हुन नसकेको महाधिवेशनको नयाँ मितिका लागि आजको केन्द्रीय समितिमा छलफल हुने बताइएको छ। बैठक दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell