PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सानेपामा केन्द्रीय समिति अगाडि पौडेल पक्षको बैठक, महामन्त्री कोइराला पनि सहभागी



सानेपामा केन्द्रीय समिति अगाडि पौडेल पक्षको बैठक, महामन्त्री कोइराला पनि सहभागी

काठमाडौं : नेपाली काँग्रेसको १४ औं महाधिवेशनको नयाँ मितिका लागि आज दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्दैछ। बैठकअघि नै केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक शुरु हुँदैछ।

बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि पौडेलले बैठक डाकिएको बुझिएको छ। बैठकमा महामन्त्री डा शशांक कोइराला पनि पुगेका छन्।

काँग्रेसले फागुन ७ बाट १४ औं महाधिवेशन शुरु गर्ने मिति तोके पनि उक्त मितिमा महाधिवेशन गर्न नसक्ने निश्चित भएको छ। सोही विषयमा छलफल गर्न र नयाँ मिति तयका लागि काँग्रेसले केन्द्रीय समिति डाकेको हो।

पौडेल पक्षको बैठकमा एजेन्डा कसरी तय गर्ने विषयमा छलफल हुने केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए। 'बैठक बोलाउनु भएको छ। एजेन्डा के बनाउने भन्ने विषयमा सामान्य छलफल हुन्छ,' पाण्डले भने।

केन्द्रीय समितिका एजेन्डाहरु तय गर्नका लागि बैठक बस्न लागेको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell