PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपालमा भाजपा सरकार बनाउने त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्ति प्रति प्रचण्ड-नेपाल समूहको आपत्ति



नेपालमा भाजपा सरकार बनाउने त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्ति प्रति प्रचण्ड-नेपाल समूहको आपत्ति

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिको विरोध गरेका हुन्।

'नेपालका सम्बन्धमा प्रकट गर्नु भएको अभिव्यक्तिप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ।

भारतमा सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहेका देवले भारतका केन्द्रिय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने योजना रहेको बताएका थिए। देवले विश्वमा कम्युनिष्ट पार्टी भन्दा भाजपा नै सबैभन्दा ठूलो राजनीतिक दल भएको समेत बताएका थिए।

उक्त अभिव्यक्ति पछि राजनीतिक रुपमा विभाजित नेकपा भित्र पनि बहस सुरु भएको छ। प्रधानमन्त्री केपी ओली समूहका नेताले यस विषयमा मुख खोलेका छैनन्। परराष्ट्र मन्त्रालयले भने देवको टिप्पणीको विरोध गर्दै भारतलाई पत्र पठाइसकेको छ।

'हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ,' श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन्।
उक्त अभिव्यक्तिले दुई छिमेकी राष्ट्रहरु चीन र भारतबीचको सम्बन्धमा भ्रम छर्ने श्रेष्ठको तर्क छ।

उक्त अभिव्यक्तिको भारतीय गृहमन्त्री अमित शाहले प्रष्ट पार्नुपर्ने प्रचण्ड-नेपाल समूहले माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell