PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

प्रजातन्त्र दिवसको अवसरमा महानगरले दरबारमार्गमा सांस्कृतिक महोत्सव गर्दै



प्रजातन्त्र दिवसको अवसरमा महानगरले दरबारमार्गमा सांस्कृतिक महोत्सव गर्दै

काठमाडौं : प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौं महानगरपालिकाले दरबारमार्गमा सांस्कृतिक महोत्सव आयोजना गर्दैछ।

उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायत सांस्कृतिक कार्यक्रममा सहभागी हुने जनाइएको छ।

महोत्सवका लागि महेन्द्र शालिकदेखि महानगरिय ट्राफिक कार्यालयसम्म सवारी साधन संचालनमा बुधवार राति देखि रोक लगाइएको छ।

कार्यक्रममा सविन राई, प्रकाश सपुत, मिलन नेवार, प्रिति आले लगायतले सांगितिक प्रस्तुती दिनेछन्।

कोरोना संक्रमणपछि दरबारमार्गमा पहिलोपटक स्ट्रिट फेभस्टिभल हुन लागेको हो। कार्यक्रममा आउनेहरुलाई लक्षित गरेर विभिन्न स्टलहरु संचालन गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell