फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोनले विकासोन्मुख राष्ट्रलाई कोरोना भाइरसविरुद्ध भ्याक्सिन उपलब्ध गराउन जोड दिएका छन्। उनले युरोप र अमेरिकालाई तत्काल ५ प्रतिशत भ्याक्सिन उपलब्ध गराउन माग समेत गरेका छन्।
हाल धेरैजसो भ्याक्सिन धनी राष्ट्रहरुले पाउँदै आएको भन्दै उनले विकासोन्मुख राष्ट्रलाई भ्याक्सिन उपलब्ध नगराउँदा विश्वभर असमानता बढ्ने उनले बताए।
जी ७ बैठक अघि उनले भ्याक्सिन बारे आफ्नो योजना प्रस्तुत गरेका हुन्।