PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

सुवास नेम्वाङको दाबी : चुनाव तोकिएकै समयमा हुन्छ



सुवास नेम्वाङको दाबी : चुनाव तोकिएकै समयमा हुन्छ

इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुवास नेम्वाङले निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन्।    
    
इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको शुक्रवार उद्घाटन गर्दै नेम्वाङले प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परेको बताए।    
    
उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको तर्क गरे। तोकिएकै समय चुनाब हुने नेम्वाङको भनाई थियो। सरकाले वैशाख १७ र २७ गते चुनाब गर्ने मिति तोकेको छ। संविधानसभाका अध्यक्षसमेत रहनुभएका नेम्वाङले अब कसैले पनि राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने उल्लेख गरे।    
    
उनले सबैका हक र अधिकारलाई संविधानमा उल्लेख गरिएको र आवश्यकताअनुसार संविधान संशोधन गरेर अधिकार थपघट गर्न सकिने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell