PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

वैद्य र डाक्टरले छाडेकाले प्रचण्ड झाँक्रीतिर लागेको ओलीको व्यङ्ग्य, भने : यो सभामा आएकालाई ड्रोनले खिच्न सक्दैन, चन्द्रमालेमात्र देख्न सक्छ



वैद्य र डाक्टरले छाडेकाले प्रचण्ड झाँक्रीतिर लागेको ओलीको व्यङ्ग्य, भने : यो सभामा आएकालाई ड्रोनले खिच्न सक्दैन, चन्द्रमालेमात्र देख्न सक्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आज गरिरहेको शक्ति प्रदर्शनमा 'जनता जागरित भएर आएको दावी गरेका छन्। लाखौं संख्यामा मानिसहरु आमसभामा उपस्थित भएको दावी गर्दै उनले मानिसको उपस्थिति हेर्न प्रचण्ड-नेपाल समूहका नेतालाई चुनौती पनि दिए।

विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सभास्थलमा मानिसहरु राख्ने ठाउँ नभएका कारण चोकचोकमा र घरघरमा टेलिभिजनबाट मानिसहरुले आफ्नो सम्बोधन सुनिरहेको दावी गरे।

सभामा उपस्थित मानिसको तस्विर ड्रोनले खिचे पनि त्यो संख्या ड्रोनले पनि खिच्न नसक्ने भएको उनको दाबी थियो।

'ड्रोनले पनि फोटो खिचेर सक्दैन। चन्द्रमाबाट मात्रै देखिन्छ,' ओलीले भने।

काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले गरेको सभामा दुई चार हजार मानिस उपस्थित भएको दाबी गर्दै ओलीले उनीहरुलाई आफ्नो सभा हेर्न आउन आह्वान गरे।

'दुईचार हजारमान्छे जम्मा गरेर ओलीको सहभागिता हेर्न बोलाएका थिए। म यउहाँ हरुलाई यहाँ आएर हेर्न भन्न चाहन्छु। म यता आएर हेर्नुस।'

उनले प्रचण्ड कुनै बेला बैद्यको साथमा, त्यसपछि डाक्टरको साथमा र अहिले झाँक्रीको साथमा हिँडेको बताए। 'उहाँ पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यले छोडे, त्यसपछि उहाँ डाक्टरसँग हुनुभयो। डाक्टरले पनि छाडे। त्यसैले अहिले उहाँ झाँक्रीसँग हुनुहुन्छ,' ओलीले भने।

प्रचण्डले राजनीतिमा सफलता पाउन सम्भव नभएको दावी गरे। 'सिद्धिसकेका प्रचण्डलाई मैले दुई चार सिटमा सीमित हुनेलाई मैले जुरो हालिदिएको थिएँ। सिङ हाल्दिएको थिएँ,' ओलीले भने, 'लामा सिङ देखिएपछि उहाँमा अहँकार भरियो। उहाँ हामीलाई सिध्याउँछु भन्नेतिर लाग्नुभयो।'

उनले अझै पनि फर्किन चाहनुहुन्छ भने फर्केर आउनस् भन्दै प्रचण्डलाई भिरको गोरुसँग तुलना गरे। 'भिरबाट लड्नेलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न। उहाँ फर्किने बाटोमा गएको होइन,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell