PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

कोरोना पराजित भइसक्यो, अझै भ्याक्सिन आउँदैछ : प्रधानमन्त्री ओली



कोरोना पराजित भइसक्यो, अझै भ्याक्सिन आउँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस पराजित भइसकेको बताएका छन्।

विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भ्याक्सिन आइसकेकोले कोरोनालाई पराजित गरिसकेको बताएका हुन्।

ओलीले भारतबाट आएको भ्याक्सिन दिने काम सुरु भइसकेको र भोलि भारतबाट थप भ्याक्सिन आउने समेत बताए। यस्तै, चीनबाट समेत चाँडै भ्याक्सिन आउने ओलीले बताए।

प्रदेश १ को विशेषतालाई विस्तारित रुपमा व्याख्या गर्दै ओलीले आफ्नो सरकारले ३ वर्षमा गरेको कामको प्रशंसा संयुक्त राष्ट्र, विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय संगठनले गरेको दाबी गरे। साथै, २०२२ सम्म नेपाल विकासशिल राष्ट्रमा उन्नती हुने दाबी गरे। यस्तै, उनले सन् २०३० सम्म सम्पन्न गर्नुपर्ने दिगो विकासको लक्ष्य त्यसअघि नै पूरा हुने समेत बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell