PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

उपराष्ट्रपति सरकारविरुद्ध बोल्दै हिँडैछन्, सभामुख झगडिया भए : ओली



उपराष्ट्रपति सरकारविरुद्ध बोल्दै हिँडैछन्, सभामुख झगडिया भए : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति नन्द बहादुर पुन सरकार विरुद्ध बोल्दै हिँडिरहेको आरोप लगाएका छन्।

विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने,' उपराष्ट्रपति सरकारविरुद्ध भाषण गरिरहेका छन्। उनको पद सरकारको विरोध गर्दै हिँड्ने होइन।'  

ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष मुद्दा हाल्दै हिँडेको भन्दै सभामुख अग्नी सापकोटा समेत झगडिया बनेर मुद्दा हाल्दै हिँडेको बताए।

'सभामुख बनाएको व्यक्ति नै सरकारविरुद्ध मुद्दा हाल्दै हिँडिरहेका छन्। सभामुख झगडिया हुन जानु भयो' उनले भने।

ओलीले सभामुख सापकोटाले कीर्ते गरेको आरोप समेत लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell