PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

गणतन्त्रलाई नेकपाले गाईजात्रा बनाएको कमल थापाको आरोप



गणतन्त्रलाई नेकपाले गाईजात्रा बनाएको कमल थापाको आरोप

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन्। अध्यक्ष थापाले आइतवार बिहान सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन्।

उनले आफ्नो पक्षमा फैसला नआएका आन्दोलन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपति नन्दकिशोर पुनबाट विरोध हुनु गाईजात्रा भएको बताएका छन्।

त्यसैगरी उनले सभामुख अग्नि सापकोटाद्वारा अदालतमा मुद्दा हाल्नु र सडक आन्दोलन गरी अदालतलाई धम्क्याउने कार्यले गणतन्त्रलाई नै गाईजात्रा बनाएको भन्दै कटाक्ष गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell