PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत

नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुर : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई १०१ किलोको माला लगाएर स्वागत गरिएको छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झा लाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो।

नियुक्तिसँगै आज कार्यक्षेत्र प्रदेश २ पुगेका झालाई जनकपुर विमानस्थलमा नेकपा ओली समूहका नेता तथा कार्यकर्ताले १०१ किलोको माला लगाएर भव्य स्वागत गरेका हुन्।

यद्यपि प्रदेश सरकारले भने विनाकारण प्रदेश प्रमुख परियारलाई हटाएको भन्दै झालाई बहिष्कार गर्ने जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell