PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रुबिना दिलाइक बनिन् बिग बोस सिजन १४ की विजेता



रुबिना दिलाइक बनिन् बिग बोस सिजन १४ की विजेता

रुबिना दिलाइक बिग बोस सीजन १४ को विजेता बनेकी छिन्। रुबिनाले ट्रफीसँगै नगद ३६ लाख भारतीय रुपैयाँ पुस्कार हात पारेकी छिन्।

फाइनलमा रुबिनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए। शो १४० दिनसम्म चलेको थियो। बहस, लडाई र नाटक पार गर्दै रुबिना बिजेता बनेकी हुन्।

राखीले भने विकल्पमा दिइएको १४ लाख भारतीय रुपैयाँ लिएर शो छोडिन्।

अली गोनी सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन्। टप टुमा रुबीना र राहुल पुगेका थिए। यसअघि निक्की पनि १४ लाख रुपैयाँको विकल्प चुनेर शोबाट बाहिरिन चाहन्थिन्। तर, राखी सावन्तले पहिले घण्टी थिचेकोको कारण उनले सो विकल्प चुन्ने मौका पाइन्।

बिजेता रुबिनाले टेलि चलचित्र 'शक्ति' मा सोमियाको भुमिकाबाट निकै चर्चा पाएकी थिइन्। जसमा उनले किन्नरको भुमिका निभाएकी थिइन्।

शोमा माधुरी दीक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए। २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell