PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

‘खुकुरी म्युजिक नेसन’ को उपाधि सन्तोष घलेलाई

‘खुकुरी म्युजिक नेसन’ को उपाधि सन्तोष घलेलाई


काठमाडौं : ‘खुकुरी म्युजिक नेसन’ को उपाधि भरतपुरका सन्तोष घलेले जितेका छन्। आइतबार क्लब प्लेटिनममा गरेको फिनालेमा  सन्तोषलाई विजेता घोषित गरिएको हो।

भरतपुरका सन्तोष घलेले बाँकेका प्याराडाइज ब्याण्ड, सिक्किमकी मोनिका राई र अमेरिकामा बस्दै आएका सन्देश गुरुङलाई पछि पार्दै उपाधि सहित ११ लाख रुपैयाँ पुरस्कार पाए।

कार्यक्रममा समृद्धी राई, विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड, सबिन राई एण्ड द फ्यारो र द इलिमेन्ट्सको समेत प्रस्तुति दिएका थिए।

'सर्च फर द नेक्स्ट स्टार' नाराका साथ सञ्चालन गरिएको 'खुकुरी म्युजिक नेसन' प्रतियोगिता द नेपाल डिस्टिलरिज प्रालिले संगीतका पारखीहरूका लागि आयोजना गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell