PahiloPost

Oct 20, 2025 | ४ कात्तिक २०८२

भारतीय कवि वरवर रावलाई धरौटीमा रिहा गर्न अदालतको आदेश



भारतीय कवि वरवर रावलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
PHOTO : FACEBOOK/BHASKER KOORAPATI

भारतका वामपन्थी कवि एवंम लेखक वरवर रावलाई बम्बई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

८१ वर्षीय रावलाई सन् २०१८ अगस्तमा प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध भीमा कोरेगाउँमा जातीय हिंसा फैलाएको अभियोग लगाइएको थियो। रावले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्।

रावलाई रिहा गर्न भारतमा धेरै अभियानहरु संचालन गरिएको थियो। तीन वर्षपछि भने अदालतले शर्त सहित उनलाई धरौटीमा रिहा गरेको हो। जमानत पाएपछि उनी मुम्बई बाहिर जान पाउने छैनन्। यस्तै, चाहेको बेला उनी अनुसन्धानका लागि उपस्थित हुनुपर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell