PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

आफ्नै भतिजलाई अपहरण गरी भारत पुर्‍याउने काकासहित दुई पक्राउ 



सुमित मिश्र

आफ्नै भतिजलाई अपहरण गरी भारत पुर्‍याउने काकासहित दुई पक्राउ 

जनकपुरधाम : आफ्नै भतिजलाई अपहरण गर्ने काकालाई सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले सिरहा नगरपालिका वडा नम्बर १ डुम्बाखाताका बालकका काका कुलदिप यादव र वडा नम्बर १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो।

गत माघ २० गते सिरहा नगरपालिका वडा नम्बर १ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव घरबाट बेपत्ता भएका थिए। बालक घरबाटै बेपता भएको सूचना प्रहरीमा दिएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा भारतको खाजेडीह भन्ने स्थानबाट माघ २२ गते अपहरित बालकको उद्धार गरेको थियो।

अनुसन्धानको क्रममा उक्त अपहरणमा बालककै काकाको संलग्नता देखिएको र उनकै योजना अनुसार भरोसी यादवले बच्चालाई भारतको पचहर भन्ने स्थानमा लगेर राखेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

प्रहरीले दुवै जनालाई पक्राउ गरी आइतवार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रवक्ता शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell