PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

जन्मदिनमै ओलीले डाके मन्त्रिपरिषद् बैठक, होला त महत्वपूर्ण राजनीतिक निर्णय?



जन्मदिनमै ओलीले डाके मन्त्रिपरिषद् बैठक, होला त महत्वपूर्ण राजनीतिक निर्णय?
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औं जन्मदिनका अवसरमा उनी निकट नेताहरुले शुभकामना दिइरहेका छन्। उनले चालेको प्रतिनिधि सभा विघटनको कदम साहासिक भएको भन्दै उनको प्रशंसामा उनी निकट नेताहरु देखिएका हुन्।

प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिवस भने विवादास्पद बनेको थियो। केकमा नेपालको नक्सा बनाएर काटेको भन्दै आलोचना भएको थियो।

उनको जन्मदिनकै दिन आज बिहान साढे १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ। आजको मन्त्रिपरिषदबाट ओलीले महत्वपूर्ण राजनीतिक कदम चाल्नसक्ने उनी निकट नेतहरुले बताएका छन्। पर्यटनमन्त्री टोपबहादुर रायमाझीले नियमित एजेण्डाका लागि बैठक बस्ने भए पनि राजनीतिक निर्णय हुनसक्ने बताए।

'बैठक त नियमित एजेण्डामै हो। तर केही विकास भएको छ भने निर्णय हुनसक्ला। त्यसको सम्भावना छ,' उनले भने।

प्रतिबन्धित नत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको प्रतिवन्ध फुकुवा हुन सक्नेतर्फ उनले संकेत गरे। यद्यपि सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएका विप्लवका नेता धर्मेन्द्र बास्तोलालाई छुटेगतै पक्राउ गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell