PahiloPost

Mar 8, 2021 | २४ फागुन २०७७

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या नाघ्यो पाँच लाख



कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या नाघ्यो पाँच लाख
फाइल फोटो : AP

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ। कोरोनासम्बन्धी तथ्यांक राख्ने जोन हप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म अमेरिकामा ५ लाख २०१ जनाको यस रोगको संक्रमणबाट मृत्यु भइसकेको छ।

अमेरिकी सञ्चारमाध्यमहरुले कोरोनाका कारण मृत्यु हुनेको संख्या दोस्रो विश्वयुद्धमा भन्दा पनि बढी भएको उल्लेख गरेको छ। बिबिसीले भने पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र भियातनाम युद्धमा भन्दा धेरै अमेरिकीले कोरोनाको कारण ज्यान गुमाएको जनाएको छ। कोरोनाका कारण सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको हालसम्मको तथ्यांकले देखाउँछ।

युनिभर्सिटीका अनुसार अमेरिकाका २ करोड ८१ लाख ८६ हजार बढीमा कोभिड-१९ संक्रमण पुष्टि भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell