PahiloPost

Oct 16, 2025 | ३० असोज २०८२

प्रतिनिधिसभा विघटनको मुद्दा ‘हेर्दाहेर्दै’मा



प्रतिनिधिसभा विघटनको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा आजदेखि हेर्दाहेर्दैमा राखेको छ।

शुक्रवार एमिकस क्युरीको बहस सकिएसँगै संवैधानिक इजलासले सोमवारसम्म बहस नोट बुझाउने समय दिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलवारदेखि मुद्दाको पेसी हेर्दाहेर्दैमा रहने जानकारी दिएका थिए। प्रधानन्यायाधीश शम्शेरले फैसला ११-१२ गते आउन सक्छ भनेका थिए। आजदेखि फैसला प्रक्रिया गएको हो।

ढिलोमा १५ गतेसम्म फैसला आउने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ वटा रिटमा माघ ४ बाट सुनुवाइ सुरु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell