PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

ड्रग माफिया 'एल च्यापो'की श्रीमती पक्राउ



ड्रग माफिया 'एल च्यापो'की श्रीमती पक्राउ

अमेरिकी प्रहरीले ड्रग माफिया जोक्वान गजम्यान 'एल च्यापो' की श्रीमती एम्मा कोरोनेल एसपुरोलाई पक्राउ गरेको छ। हाल जेलमा रहेको एल च्यापोकी श्रीमतीलाई लागू औषध व्यापारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो।

कोरोनेललाई हिरोइन, कोकिन, गाजा लगायतका लागू औषध व्यापारमा संलग्न रहेको आरोप लगाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। सन् २०१५ मा मक्सिको जेलबाट आफ्नो श्रीमानलाई भगाउन समेत उनको भूमिका रहेको बताइन्छ।

एल च्यापोलाई दुई वर्षअघिमात्रै लागू औषध ओसारपसार मुद्दामा दोषी करार गरि जेल पठाइएको थियो। उनलाई जन्मकैद सहित थप ३० वर्षको सजाय सुनाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell