PahiloPost

Oct 28, 2025 | १२ कात्तिक २०८२

अदालतमा साक्षी बसेका दम्पती बेपत्ता, खोज्न दबाब दिँदै स्थानीयले गरे चक्काजाम



अदालतमा साक्षी बसेका दम्पती बेपत्ता, खोज्न दबाब दिँदै स्थानीयले गरे चक्काजाम

जनकपुरधाम : महोत्तरीमा मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झा बेपत्ता भएका छन्।

जिल्लाको पिपरा गाउँपालिका–५ स्थित सहोडवाका झा दम्पती सोमबार राति आफ्नो घरबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए।

आज बिहान झा दम्पतिलाई घरमा नभेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। झा दम्पति बेपत्ता भएको ठाउँमा रगतको दाग समेत देखिएकोले घटना शंकास्पद रहेको प्रहरी नायव उपरिक्षक बिष्टले बताए। उनले दुवै जनाको खोजी तीव्र रूपमा भइरहेको जानकारी दिए।

स्थानीलय झा दम्पतीको अपहरण हुन सक्ने शंका जताएका छन्। झा दम्पतिको खोजी चाँडो भन्दा चाँडो गर्नुपर्ने माग गर्दै स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध समेत गरेका थिए।

झा दम्पती मोही जग्गा विवादको मुद्दामा साक्षी बसेको र अदालतमा विचाराधीन रहेको मुद्दाका विपक्षीसँग उनको केहि दिन अघि विवाद समेत भएको स्थानीयले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell