PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

राष्ट्रपति भण्डारीको उपस्थितिमा पशुपतिनाथमा सुनको जलहरी राखियो



राष्ट्रपति भण्डारीको उपस्थितिमा पशुपतिनाथमा सुनको जलहरी राखियो

काठमाडौं : पशुपतिनाथको मूल शिवलिंगको जलहरी फेरिएको छ। रणबहादुर शाहले चढाएको चाँदीको जलहरी विभिन्न ठाउँमा फुटेपछि हाल सुनको जलहरीबाट त्यसको प्रतिस्थापना गरिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको शिवलिंगलाई सुनको जलहरीले ढाकिएको हो।

सम्बन्धित समाचार : पशुपतिनाथलाई अर्बको जलहरी! ओलीको प्रायश्चित्त कि सस्तो लोकप्रियता?

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पूजा गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए।

जलहरी राख्ने कार्यविरुद्ध सर्वोच्चमा मुद्दा समेत दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell