PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'नेकपा' कसको ?, सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने



'नेकपा' कसको ?, सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा परेको रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाई सकिएको छ। न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउनेछ।

नकेपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो। त्यसपछि ऋषि कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए।

नामको विवाद टुंगो लागेपछि राजनीति पनि नयाँ शिराबाट अघि बढ्नेछ। मुद्दामा बहस भएसँगै नेकपा ओली समूहका कार्यकर्तामाझ नेकपा खारेज गरिदिए उदाउँदो सूर्य अगाडि बढाउन सकिने चर्चा चुलिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell