PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कंगना र ऋतिकको इमेल विवाद : प्रहरीले रोशनलाई सोधपुछका लागि बोलायो



कंगना र ऋतिकको इमेल विवाद : प्रहरीले रोशनलाई सोधपुछका लागि बोलायो
Photo : News 18

अभिनेत्री कंगना रनौतसँग जोडिएको इमेल विवादमा अभिनेता ऋतिक रोशनलाई मुम्बई प्रहरीले अनुसन्धान गर्न बोलाएको छ। प्रहरीको अपराध महाशाखाले रोशनलाई शनिबार बिहान ११ बजे उपस्थित हुन भनेको छ।

सन् २०१६ मा ऋतिक रोशनले कंगनाविरुद्ध मुद्दा दायर गराएका थिए। २०१३ देखि २०१४ सम्म कंगनाको आइडीबाट उनलाई १०० भन्दा बढी इमेल आएको दाबी ऋतिकले गर्दै आएका छन्।

यस मुद्दामा प्रहरीले ढिलासुस्ती गरेको आरोप लागेपछि यो मुद्दा साइबर सेलबाट मुम्बईको क्राइम इन्टेलिजेन्स यूनिटमा पठाएको थियो।

यस मुद्दामा कंगना र ऋतिकले एकअर्कालाई नोटिस पठाएका थिए। कंगनाले ऋतिकलाई 'सिल्ली एक्स' भनेपछि यो घटना बाहिर आएको थियो। उनीहरु दुवै जना सम्बन्धमा रहेको बेलामा मेल आदानप्रदान भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell