PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बालुवाटार पुगेर वामदेवले ओलीलाई भने : त्याग गरेर भए पनि पार्टी एकता गर्नुस्



बालुवाटार पुगेर वामदेवले ओलीलाई भने : त्याग गरेर भए पनि पार्टी एकता गर्नुस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।

प्रतिनिधिसभा विघटनपछि एकता अभियान संचालन गरेका वामदेव उक्त निर्णय सर्वोच्चबाट बदर भएपछि पार्टी अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार भेटका क्रममा गौतमले ओलीलाई पार्टी एकताको प्रस्ताव राखेका छन्।

'प्रधानमन्त्रीले सकारात्मक छु भन्नु भयो। ठोस जवाफ दिनुभएन' उनले भने।

गौतमले ओलीलाई त्याग गरेर भएपनि पार्टी एकता जोगाउन सुझाव समेत दिएका छन्।

सर्वोच्चले ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरेसँगै गौतमले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell