PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

सत्यराज आचार्यको ‘म बाँच्नुको’ सार्वजनिक



सत्यराज आचार्यको ‘म बाँच्नुको’ सार्वजनिक

मिलन कार्की एक मजदुर। जो ठेलामा सामान बोकेर घरघरमा पुर्याउने काम गर्छन्। बुढेसकाल लागे पनि उनको बाच्ने साहारा बनेको छ ठेला। एकदिन चामल र तेल पुर्याउन एउटा घरमा पुग्छन्।

जहाँ उनको नजर भित्तामा सजाइएको तस्विरमा पर्छ। बच्चाको तस्विरमा उनी एकटकले हेरिरहन्छन्। जुन फोटोले उनलाई पुराना दिन सम्झाउँछ। यो दृश्य हो सत्यराज आचार्यको 'म बाँच्नुको' म्युजिक भिडियोको। गायक सत्यराज आचार्यको 'म बाँच्नुको'बोलको गीत शुक्रवार युट्युब रिलिज भएको हो।

गीतमा आचार्यसँगै वसन्त प्रकृतिले स्वर दिएकी छिन्। गीतमा शब्द तथा संगीत दुर्गाप्रसाद आचार्यको रहेको छ। भिडियोसहित सार्वजनिक गीतमा रङ्गकर्मी मिलन कार्की र रक्षा थापा फिचर्ड छन्।

भिडियोलाई रङ्गमञ्चमा सक्रिय अंकीत बासु र आयान खड्काले संयुक्त निर्देशन गरेका हुन्। अन्य कलाकारहरू आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको पनि अभिनय देख्न सकिन्छ।

भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell