PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

प्रधानमन्त्री ओलीसँग नैतिकता नभएको प्रकाशमानको भनाई, 'लाजशरम नभएकासँग नैतिकताको के आश गर्नु?'



प्रधानमन्त्री ओलीसँग नैतिकता नभएको प्रकाशमानको भनाई, 'लाजशरम नभएकासँग नैतिकताको के आश गर्नु?'

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अलिकति पनि नैतिकता नभएको बताएका छन्। राजधानीमा आज स्वास्थ्य दर्पण पत्रिकाले आयोजना गरेको कार्यक्रममा संविधानसभा हुँदै नभएको काम गरेपछि कुन नैतिकताका आधारमा त्यही संसदमा मुख देखाउने भन्ने सवाल उठे पनि लाजशरम नभएकासँग के नैतिकताको आश गर्नु भनी प्रश्न गरे। उनको भनाई थियो, 'झन् आदर्शका भाषण छाँटेर हिड्नेलाई के भन्नू भनेर प्रश्न गर्नु? जसले अभिभावकत्व दिनुपर्ने हो। उहीँ प्रेसिडेन्ट नै रबर स्ट्याम्प बनेपछि मुलुकु मा राजनीतिक समस्या बढ्छ नि।'

जिम्मेवारीमा रहेकाहरु गैर जिम्मेवार बन्दा कस्तो अवस्था आउँदो रहेछ भन्ने कुरा त संविधान सभाको दुईदुई पटक सभा अध्यक्षता गरेका संविधान लेखनमा महत्त्वपूर्ण भूमिका खेलेकाको बोलाई र गराईले प्रष्ट पारी सकेको उनको भनाई थियो। एउटा नेताको चाकडी र बजाउमा उसले दिएका अभिव्यक्ति नै प्रयाप्त रहेकाले मुलुकमा अब सबै जिम्मेवार बन्न आग्रह गरे।

अहिलेको परिस्थिति आउनुमा जनता पनि उतिकै जिम्मेवार रहेको उल्लेख गर्दै सिंहले ठूला कुरा गरेका भरमा मत दिएर पठाएकाले गलत व्यक्तिको हातमा शासन सत्ता पुगेको जिकिर गरे। मत दिने बेला जसले तडकभडक गर्छ जालझेल गर्छ अपारदर्शी कमाएको कमाई खर्च गर्छ तिनलाई मत दिएको कारण राजनीतिमा विकृति भित्रिएको उनको भनाई थियो।

राजनीति सेवाभावले गरिनु पर्नेमा कमाउ पेसा बन्नु दुखद भन्दै केही दल र नेता का कारण सिँगो राजनीति प्रणाली माथि प्रश्न चिन्ह खडा भएको भनाई राखे। चारैतिर सेटिङका हल्ला चल्दा पनि आफूलाई न्यायलयले सही निर्णयमा दिन्छ भन्ने लागेको उल्लेख गर्दै सिंहले निर्णय पनि सही नियमले ब्यवस्था र संविधानको रक्षा भएकोमा निकै सन्तुस्टि लागेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell