
सर्वोच्च अदालतको आदेशलाई वेवास्ता गर्दै काठमाडौंको बालाजु बाइपास क्षेत्रमा डोजर चल्न थालेको छ। उक्त क्षेत्रमा विवाद हुने देखिएपछि प्रहरी खटाएर स्थानीयलाई छेक्दै डोजर चलाइएको थियो। स्थानीयले उक्त क्षेत्रमा भएको विस्तारलाई लिएर सर्वोच्चमा मुद्दा दायर गरेपछि 'स्टे अर्डर' जारी गरिएको थियो।