PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

चिनियाँ लगानीमा बन्न लागेको औद्योगिक पार्क शिलान्यासका लागि झापा जाँदै प्रधानमन्त्री ओली



चिनियाँ लगानीमा बन्न लागेको औद्योगिक पार्क शिलान्यासका लागि झापा जाँदै प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन्। झापाको कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने 'चीन नेपाल मैत्री औद्योगिक पार्क' शिलान्यासका लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन्।

उक्त पार्क चिनियाँ लगानीमा बन्न लागेको हो। सार्वजनिक निजी साझेदारी अन्तर्गत तयार हुन लागेको पार्कमा ६४ अर्ब लगानी रहेको छ। आजको कार्यक्रम कमल गाउँपालिकाको झर्काहामा हुन लागेको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुतिसमेत रहेको छ। प्रमोद खरेल, बद्री पंगेनी, प्रकाश सपुतलगायतका कलाकार कार्यक्रमका लागि पुग्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell