PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'कति निच' भन्दै रघुजी पन्तमाथि खनिइन् कोमल वली, पन्तले के भनेका थिए वलीबारे?



'कति निच' भन्दै रघुजी पन्तमाथि खनिइन् कोमल वली, पन्तले के भनेका थिए वलीबारे?

काठमाडौं : राष्ट्रिय सभा सांसद एवं नेकपा ओली पक्षका नेता कोमल वली प्रचण्ड माधव पक्षका नेता रघुजी पन्तमाथि खनिएकी छन्। गायिकासमेत रहेकी वलीले शनिवार साँझ ट्वीटरमार्फत पन्त निच भएको खुलेको आरोप लगाएकी थिइन्। आइतवार बिहान वलीले फेसबुकमार्फत पनि आपत्ति जनाएकी छिन्।

ट्वीटरमा वलीले लेखेकी छिन्, 'हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ।' वलीले महिलामाथि प्रकट गरिएका दरिद्र सोचको सिकार महिलाहरु हुने गरेको उल्लेख गर्दै प्रश्नसमेत गरेकी छन्। उनले भनेकी छिन्, 'पंतजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ?'

फेसबुकमार्फत उनले एकअर्काको सम्मान गर्न नसिक्ने नेतृत्वले समाजलाई दुर्घटनातिर लैजाने बताएकी छन्। 'पूर्वीया दर्शनदेखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ। प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो। एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ। समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन्,' उनले थप भनेकी छिन्, 'तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो। तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तुहरु विचैमा रोकिएको जस्तो  छ। वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ।  विवेक हिन मानिसको आलोचनाले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला?'

पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको...

Posted by Komal Oli on Saturday, February 27, 2021

अहिले वलीमाथि पन्तको भनाईलाई लिएर सामाजिक सञ्जालमा बहस छेडिएको छ।

वलीबारे के भनेका थिए पन्तले?

एक कार्यक्रममा नेता पन्तले नेकपामा कैयौं वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि तिनले कुनै पद नपाएको तर कोमल वलीले भने तुरुन्तै पद पाएको बताएका छन्। 'छन् महिलाहरु अहिले केपीतिर पनि लागेका छन्। २० औं वर्ष बिहा नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन्। तर तिनले टिकट पनि पाएनन्। तिनले राष्ट्रिय सभा पनि पाएनन्।'

वलीले भने सारी सरक्क सर्काएर गोरा पिडुंला देखाएको भरमा सांसद पाएको पन्तको दाबी भिडियोमा देख्न सकिन्छ। 'कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद त दिने नै भयो,' पन्तले भनेका छन्, 'कपाल फुलेर चाउरी पर्‍या बुढाबुढी कमरेडहरु न एकचोटि राष्ट्रिय सभाको सांसद बन्न पाछन् न एकचोटि केन्द्रीय कमिटीको सदस्य हुन पाछन्। उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् अहिले केन्द्रीय कमिटीको सदस्य पनि भइन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell