PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भारत सरकारको आर्थिक अनुदानमा सेतो मछिन्द्रनाथ मन्दिरको प्रवलिकरण सुरु



भारत सरकारको आर्थिक अनुदानमा सेतो मछिन्द्रनाथ मन्दिरको प्रवलिकरण सुरु

काठमाडौं : भारत सरकारको सहयोगमा जनबहा: द्य: (सेतो मछिन्द्रनाथ) मन्दिरको संरक्षण र प्रवलिकरणको काम सुरु भएको छ।

आज केलटोलस्थित मन्दिर परिसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्तरुपमा प्रवलिकरण कार्यको शिलान्यास गरेका हुन्। काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ समेतको उपस्थितिमा क्वात्रा र ज्ञवालीले पूजा समेत गरिएको थियो।

मन्दिरका गुरुजुहरुले त्यसक्रममा क्वात्रा, ज्ञवाली लगायतका पदाधिकारीहरुलाई मन्दिरको बारेमा जानकारी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell