PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

झापामा नेविसंघको प्रशिक्षण



झापामा नेविसंघको प्रशिक्षण

झापाको कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकामा फागुन १३ र १४  १/१ दिने नेतृत्व विकास,क्षमता विकास र नेविसंघको ऐतिहासिक पृष्ठभुमि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल विद्यार्थी संघ कचनकवल गाउँ कार्य समिति र भद्रपुर नगर समितिको आयोजनामा १३ गते कचनकवल  र १४ गते भद्रपुर,चन्द्रगढिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ दिनमा ५ सय भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो।
 
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने क्रममा  प्रमुख अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले नेपाली काङ्ग्रेसको नेतृत्वमा प्राप्त उपल्ब्धि मास्न र देशलाइ प्रतिगमन तर्फ धकेल्ने  बाटोमा परिवर्तन विरोधी शक्तिहरु सक्रिय रहेको आरोप लगाए। नेपालमा गणतन्त्र ,शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गरेका काँग्रेस नेता कृष्णप्रसाद सिटौल विरुद्ध झापाको निर्वाचनमा कम्युनिस्ट र राजावादीहरुको एकताबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमाथिको नियोजित आक्रमणको शुरूवात भएको महामन्त्री तिमल्सिनाले बताए।

संघका महामन्त्री तिमल्सिनाले नेपालमा कम्युनिस्ट र राजावादी हरुले जित्नु भनेको हाम्रो सम्बिधान, गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियता कमजोर हुने भन्दै  त्यसविरुद्ध बलियो नेविसंघ र काँग्रेस निर्माणमा झापामा सशक्त बन्न युवा  विद्यार्थीहरुलाई आग्रह गरे।

कार्यक्रममा नेविसंघ उपाध्यक्ष तुलसा पन्त, प्रदेश न. १ का प्रदेश सभा सदस्य ओम प्रकाश सरावगी, झापा क्षेत्र नम्बर ३ का सभापति गणेश बिमलीलगायत जिल्लाका नेताहरू, नेपाल विद्यार्थी संघका अध्यक्ष राजेन्द्र उप्रेतीलागायत नेताहरू सहभागिता रहेको जिल्ला सचिव नारायण नेपालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell