PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'दाम चढाउने चलन' उल्लेख गर्दै माधव नेपाललाई लक्ष्मण खड्कासँग दाँजे प्रधानमन्त्री ओलीले



'दाम चढाउने चलन' उल्लेख गर्दै माधव नेपाललाई लक्ष्मण खड्कासँग दाँजे प्रधानमन्त्री ओलीले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड नेपाल समूहको अध्यक्ष घोषणा गरिएका माधव नेपाललाई लक्ष्मण खड्कासँग दाँजेका छन्। हिमालय टेलिभिजनसँग अन्तर्वार्ता दिने क्रममा ओलीले आफूलाई नेपालको खलासी भनेर चिनाउने खड्कासँग नेपाललाई तुलना गरेका हुन्। 

राजतन्त्र बारे लेखिएको कपडा लगाएर सडकमा कराउँदै हिँड्ने खड्का राजाका शालिकहरु सफा गर्दै माला लगाउँदै गरेको देख्न सकिन्छ। त्यसै प्रवृत्तिको उल्लेख गर्दै ओलीले माधव कुमार नेपालले प्रधानमन्त्री बन्न राजाको अघि दाम चढाएको उल्लेख गर्दै कटाक्ष गरेका हुन्।

'दाम चढाएको पनि विशेष रहेछ उहाँको,' ओलीले भने, 'लक्ष्मण खड्कासँग कसले पहिले छिराउने भन्ने? कसको अगाडि छिराउने भन्दा लक्ष्मण खड्कासँग उहाँको प्रतिस्पर्धा।'

नेपाल प्रतिगमत आधा सच्चियो भन्दै राजा ज्ञानेन्द्रको कदमको पछि लागेर प्रधानमन्त्री बनेका कम्युनिस्ट नेता हुन्। उनीमाथि विपक्षीले आलोचना गरे पनि नेकपाको नेतृत्व तहबाट पहिलोपटक यसरी कटाक्ष गरिएको हो।

राजतन्त्र बारे लेखिएको कपडा लगाएर सडकमा कराउँदै हिँड्ने खड्कासँग ओलीले माधवकुमार नेपालको तुलना गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell