PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रचण्ड नेपाली जनताका लागि अनकम्फरटेबल : ओलीको कटाक्ष, 'सिद्धिएका प्रचण्डले धाक लगाउने?'



प्रचण्ड नेपाली जनताका लागि अनकम्फरटेबल : ओलीको कटाक्ष, 'सिद्धिएका प्रचण्डले धाक लगाउने?'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल देश र जनताका लागि अनकम्फरटेबल रहेको बताएका छन्।

हिमालय टेलिभिजनमा आज अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। पछिल्लोपटक नेकपा अध्यक्ष प्रचण्डले आफ्नो पक्षकासहित काँग्रेस र जसपाको संयुक्त सरकारलाई भारतले कम्फरटेबल हुने जनाएको बताएका थिए।

सोही भनाईप्रति कटाक्ष गर्दै ओलीले यस्तो बताएका हुन्।

'नेपाली जनताका लागि म कम्फरटेबल छु। केके गर्नुभयो नेपाली जनतालाई। नरसंहार गर्नुभयो,' उहाँ नेपाली जनताका लागि अनकम्फरटेबल हो। अरुका लागि कम्फरटेबल भनेर क्लेम गर्न बन्न लाग्नु भयो उहाँ।'

प्रचण्डले भारतलाई ओलीले अनकम्फरटेबल काम गरिराख्य छ भनेर कुरा लाएको होला भनी आरोपसमेत प्रधानमन्त्री ओलीले लगाए।

आफूलाई प्रचण्डले प्रधानमन्त्री बनाएको भनाईप्रति ओलीको तिखो प्रहार रह्यो। उनले भने, 'सिद्धिएका प्रचण्डलाई मैले ५३ सिटमा पुर्‍यादिएको छु। धाक लगाउने?'

प्रचण्डले जीवनमा कहिले पनि बहुमतको प्रधानमन्त्री बन्न नसकेको बरु आफ्नो सहयोगमा एकपटक प्रधानमन्त्री ओलीले दाबी गरे। भने, 'कहिले बन्नुभयो उहाँ बहुमतको प्रधानमन्त्री? एकचोटि तमासा गर्दा पनि हामीले साथ दिए।'

प्रचण्डले जनतालाई नरभक्षी आन्दोलन गर्ने धम्की दिएर तर्साउन खोजेकोसमेत ओलीको आरोप रह्यो। 'ननभेज भनेको चिकेन चिल्ली खान्छु भन्या होरु यो त नरभक्षी आन्दोलन गर्छु भनेको हो नि।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell