PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'अदालतले मेरै पक्षमा फैसला गर्छ भन्न हुन्छ ?' भन्ने प्रश्नमा ओलीको जवाफ : म नै दलको नेता र प्रधानमन्त्री, गर्नैपर्छ नि



'अदालतले मेरै पक्षमा फैसला गर्छ भन्न हुन्छ ?' भन्ने प्रश्नमा ओलीको जवाफ : म नै दलको नेता र प्रधानमन्त्री, गर्नैपर्छ नि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शक्तिपृथकीकरण र स्वतन्त्र न्यायापालिकाको पक्षमा रहेको भन्दै न्यायाधीशहरुकै क्रियाकलापमा नै प्रश्न उठाएका छन्।

हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा ओलीले भने , 'न्यायाधीशहरुले सधैं उपयुक्त र सही नै फैसला गर्न सक्नुहुन्छ वा सक्नुहुन्न त्यो उहाँहरुको खुबीको कुरा होला। बहसले प्रभावित गर्ला। बाहिरी माहोलले प्रभावित गर्ला। यसै कारण त यस्तो चम्कया हुन्। तर पनि उहाँहरु जुन ठाउँ जुन पदमा हुनुहुन्छ त्यस ठाउँका लागि योग्यता पुगेरै जानु भएको होला नि।'

ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिमाथि समेत प्रश्न उठाउँदै  योग्यता पुगेरै गएका मान्छेलाई लबिङ गरिरहनु दबाब दिनु, घिसारेर ल्याउँछु भनेर आतंक सिर्जना गरिएको दाबी गरे।

तर आफूले भने सभामा 'फैसला आफ्नै पक्षमा गर्छ' भन्नुलाई दबाब भनेर ओलीले स्वीकारेनन्।

ओलीले दलको नेता र प्रधानमन्त्री आफै हो भनिरहँदा अन्तर्वार्ता लिइरहेका राजेन्द्र बानियाँले 'अदालतले फैसला गरोस् भन्नुपर्छ नि, अदालतले मेरै पक्षमा फैसला गर्छ भनेर भन्नुहुन्छ?' भन्दै प्रश्न गर्दा ओलीले भने, 'गर्नैपर्छ नि। अब गरेन त उसको कुरा हो। गर्नुपर्थ्यो। त्यही गर्नुपर्छ भनेर नै दिएको हो त्यो। मुद्दा दिएको मैले होइन। मैले चुनावको घोषणा गरेको हो। म झगडिया होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell