PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डाँका मुद्दामा १० वर्ष कैद सजाय सुनाएपछि फरार, ५६ वर्षपछि परे पक्राउ



डाँका मुद्दामा १० वर्ष कैद सजाय सुनाएपछि फरार, ५६ वर्षपछि परे पक्राउ

सप्तरी : डाँका गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले ५६ वर्षपछि पक्राउ गरी आज कारागारमा थुनामा पठाएको छ। सप्तरीको महादेवा गाउँपालिका–१ पकरीका श्रीलाल यादवलाई ५६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।    
 

सप्तरी जिल्ला अदालतमा पेश गरिएका यादवलाई आइतवार कैद भुक्तानको लागि राजविराज कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । डाँका र जालसाज मुद्दामा फरार रहेका यादवलाई सप्तरी जिल्ला अदालतले ५६ वर्षअघि कैद सजायको फैसला गरेको थियो । जालसाजी कसुरमा अदालतले उनलाई २०२१ जेठ १९ गते छ महिना कैद र डाँका कसुरमा २०२३ भदौ ३ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो।    
    
अदालतको फैसला कार्यान्वयनअन्तर्गत फरार सूचीमा रहेका अभियुक्तलाई खोजतलास गर्दै पक्राउ गर्ने अभियानका क्रममा यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। स्थानीय सुरैतलाल यादवको जाहेरीले कैद सजाय ठहर भए पनि फरार रहेका यादवलाई प्रहरी चौकी पकरीबाट गएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell