PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

प्रधानमन्त्री ओली आज पोखरा जाँदै



प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन्। शनिवार जनसभाको मिति तय भए पनि उक्त कार्यक्रम रद्द भएको थियो।

आइतवार प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगे। लगत्तै उनी आज पोखरा निस्कन लागेका हुन्। पोखरामा प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी ओलीले आजै प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्नेछन्। उनले पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यतालिकासमेत बनेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell