PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बालाजुमा सडक विस्तारका लागि घर भत्काएको स्थानमा सूचना केन्द्र बनाउँदै महानगर, विरोधमा माइतीघरमा प्रदर्शन

बालाजुमा सडक विस्तारका लागि घर भत्काएको स्थानमा सूचना केन्द्र बनाउँदै महानगर, विरोधमा माइतीघरमा प्रदर्शन


काठमाडौं : बालाजु बाइपासमा सडक विस्तारका क्रममा अधिग्रहरण गरिएको जग्गामा काठमाडौं महानगरपालिकाले सूचना केन्द्र बनाउन लागेपछि विस्थापित भएका पीडितहरुले विरोधमा उत्रेका छन्।

आज माइतीघर मण्डलमा बालाजु बाइपासका पीडित स्थानीयले गरै न्यायीक तरिकाले सडक विस्तार गरेर सरकार प्रतिगमनको दिशातर्फ उन्मुख भएको भन्दै विरोध प्रदर्शन गरे।

करिब एक हप्ता अघि सूचना केन्द्र बनाउन लगाइएको जस्तापाता पीडित स्‍थानीयले भत्काएका थिए। प्रहरीले जस्तापाता हटाउने ६ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुलाई छुटाउन जाँदा बालाजु प्रहरी वृत्तमा मातृभाषा बोलेको विषयमा प्रहरीसँग विवाद हुँदा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि सहित दुईजनालाई पक्राउ गरिएको पीडित पक्षले जनाएका छन्।

८ जनालाई प्रहरीले झुटो मुद्दामा फसाउन खोजेको भन्दै पीडितहरु विरोधमा उत्रेका हुन्। उनीहरुले माइतीघरमा पक्राउ गरेका सबैलाई रिहा गर्न माग समेत गरे।

नेपालमान डंगोलले विकासको नाममा सरकारले उपत्यकाका आदिवासीहरुलाई विस्थापित गर्ने प्रयास गरेको भन्दै अब सशक्त आन्दोलन गर्नुपर्ने बताए।

यस्तै, महेश कारंजितले मातृभाषा बोलेकै आधारमा पक्राउमा विरोध जनाउँदै नेपालभाषा बोल्ने सबैलाई पक्राउ गरेर देखाउन सरकारलाई चेतावनी दिए। डोभान राईले नेवार समुदायलाई विकास विरोधीका रुपमा देखाउने षड्यन्त्र भइरहेको भन्दै विकासको नाममा भइरहेको प्रतिगमनको विरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताइन्।

विरोध कार्यक्रममा बोल्ने वक्ताहरुले पीडित स्थानीय र अभियन्तालाई रिह नगरे र विकासको नाममा डोजर आतंक बन्द नगेर गुठी आन्दोलनकै स्त्तरमा विरोध प्रदर्शन गर्ने बताए।  

बृहत नागरिक आन्दोलन, उपत्यका सडक विस्तार पीडित संघर्ष समिति र नेवा: देय दबुको संयुक्त आयोजनामा बालाजुमा 'प्रतिगमन' भएको भन्दै आइतबार काठमाडौं महानगरपालिका घेरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell