PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

म्यानमारमा सैन्य कूको विरोध गर्दा 'शहादत' पाएकाहरुको अन्तिम विदाइ



म्यानमारमा सैन्य कूको विरोध गर्दा 'शहादत' पाएकाहरुको अन्तिम विदाइ
Photo : Myanmar Now

म्यानमारमा सैन्य कू को विरोधमा उत्रेकाहरुमाथि प्रहरीले आइतबार गोली चलाएपछि १८ जनाको मृत्यु भयो। संसदीय निर्वाचनमा धाँधली भएको भन्दै माघ १९ गते सेनाले सत्ता नियन्त्रणमा लिएपछि दैनिक रुपमा म्यानमारमा विरोध प्रदर्शन हुँदै आएको छ।

करिब १ महिनादेखि भइरहेको आन्दोलन आइतबार हिंसात्मक बन्यो। आज भने मृतकहरुको शव यात्रा सहित अन्त्येष्टी गरिएको छ। प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोलीका साथै अश्रु ग्यास समेत प्रहार गरेको उक्त घटनामा ३० जनाभन्दा बढी घाइते भएका थिए।

प्रहरीको गोली टाउकोमा लागेर मृत्यु भएका जिन मो थुका परिवारले आफ्नो छोराले देशको लागि शहादत प्राप्त गरेको भन्दै म्यानमारमा एक दिन प्रजातन्त्र आउनेमा विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell