PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी भ्रष्टाचारी ठहर



फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजी भ्रष्टाचारी ठहर
PHOTO : SKY NEWS

पेरिसको एक अदालतले फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टचार मुद्दामा दोषी ठहर गरेको छ।

भ्रष्टचार मुद्दामा दोषी ठहर हुने उनी फ्रान्सका दोस्रो राष्ट्रपति हुन्। ज्याकस चिराकपनि भ्रष्टाचार मुद्दामा दोषी पाइएका थिए।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति बनेका ६६ वर्षीय सार्कोजीले सन् २०१४ मा वरिष्ठ न्यायाधीशसँग आफू संलग्न भएको एक मुद्दाको बारेमा सूचना लिने प्रयास गरेका थिए। त्यसक्रममा उनले न्यायाधीशलाई स्थायी कामको व्यवस्था गर्ने वाचा गरेका थिए।

सार्कोजीले अदालतको फैसलाविरुद्ध अपिल गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell