PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बालाजुमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई ट्रक चालक पक्राउ



बालाजुमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई ट्रक चालक पक्राउ

काठमाडौं : बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन प्रयास गर्ने  दुईजना ट्रक चालकलाई पक्राउ गरिएको छ।

सोमबार साँझ करिब ६ बजे ड्युटीमा खटिएका विवेक नकालेलाई ना.५ख.६५१४ नम्बरको ट्रक चालक अनोज मोक्तानले दुई सय रुपैयाँ घुस दिने प्रयास गरेका थिए। त्यसपछि हेटौंडाका मोक्तानलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बालाजुमा बुझाइएको ट्राफिक प्रहारी महाशाखाले जनाएको छ।

यस्तै, सोमबार बालाजुमा नै ट्राफिक प्रहरी हवल्दार वसन्त कुमार गौतमलाई पनि एक ट्रक चालकले घुस दिने प्रयास गरेपछि चालकलाई नियन्त्रणमा लिइएको थियो। गौतमलाई ना.५ख.९१२५ नम्बरको ट्रक चालक विजय चौधरीले एक सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेका थिए। बाराका ३७ वर्षीय चौधरीलाई पनि प्रहरी वृत्ता बालाजुमा बुझाइएको थियो।

 

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरु पक्राउ...

Posted by Metropolitan Traffic Police Division on Monday, March 1, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell